कोशी मुख्यमन्त्रीले विश्वासको मत भदौ ४ गते लिने

काठमाडौं ।  कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि दर्ता गराएको पत्रलाई भदौ ४ गतेको बैठकमा पेस गर्न तोक लगाएकी छन्।

मुख्यमन्त्री थापाले भदौ ३ गते, आइतबार विश्वासको मत लिने भनेर प्रदेश सभामा पत्र पठाएका थिए। प्रदेश सभाका प्रवक्ता गौतम राज अमात्यले मुख्यमन्त्रीको पत्रलाई भदौ ४ गते, सोमबारको बैठकमा पेस गर्न भनेर उपसभामुखबाट तोकादेश भएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर