कोशी मुख्यमन्त्रीले विश्वासको मत भदौ ४ गते लिने
काठमाडौं । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि दर्ता गराएको पत्रलाई भदौ ४ गतेको बैठकमा पेस गर्न तोक लगाएकी छन्।
मुख्यमन्त्री थापाले भदौ ३ गते, आइतबार विश्वासको मत लिने भनेर प्रदेश सभामा पत्र पठाएका थिए। प्रदेश सभाका प्रवक्ता गौतम राज अमात्यले मुख्यमन्त्रीको पत्रलाई भदौ ४ गते, सोमबारको बैठकमा पेस गर्न भनेर उपसभामुखबाट तोकादेश भएको जानकारी दिए।
प्रतिक्रिया