बिजुलीबजारमा सहकारी पीडितको आन्दोलन

काठमाडौं । सहकारी पीडितहरुले काठमाडौंको बिजुलीबजारमा आन्दोलन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपालले बिहीबार दिउँसो बिजुलीबजारको पुलमा आन्दोलन गरेका हुन् ।

समितिले सहकारी पीडित बचतकर्ताहरूको निक्षेप अविलम्ब फिर्ताका लागि माइतीघर मण्डलामा ४५ दिन धर्ना पश्चात् ४६ औं दिनबाट रिले अनशन जारी राखेका छन् । सहकारी पीडितले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर