बिजुलीबजारमा सहकारी पीडितको आन्दोलन
काठमाडौं । सहकारी पीडितहरुले काठमाडौंको बिजुलीबजारमा आन्दोलन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपालले बिहीबार दिउँसो बिजुलीबजारको पुलमा आन्दोलन गरेका हुन् ।
समितिले सहकारी पीडित बचतकर्ताहरूको निक्षेप अविलम्ब फिर्ताका लागि माइतीघर मण्डलामा ४५ दिन धर्ना पश्चात् ४६ औं दिनबाट रिले अनशन जारी राखेका छन् । सहकारी पीडितले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।
प्रतिक्रिया