‘कलियुग कि राधा’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा सारिकाकै शब्द, योगेशकाजी शाहको संगीत र एरेञ्ज रहेको छ ।
गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै फिचरिङ गरिएको छ । भिडियोमा दिनेश पराजुलीको छायांकन र अनिता ग्वाचाको श्रृङ्गार छ ।
प्रतिक्रिया