६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक प्रहरी निरीक्षकमा बढुवा
काठमाडौं । सरकारले ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गरेको छ । बढुवा समितिको शनिबार बसेको बैठकले एकै पटक ६४ जनालाई बढुवा गर्ने निर्णय गरेको हो । सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् ।
प्रतिक्रिया