शिक्षक आन्दोलनबाट माधव नेपाल, झलनाथ खनाल आउट

काठमाडौं । नेपाल शिक्षक महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेकपा एकीकृत समाजवादीका नेताहरूलाई शिक्षकहरूले फर्काइदिएका छन् ।
शिक्षकहरूको आन्दोलनमा पुगेका समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, राजेन्द्र पाण्डेलगायतका नेताहरूलाई शिक्षकहरूले फर्काइदिए ।
उनीहरूले आफूहरूको आन्दोलनलाई राजनीतिकरण हुन नदिने भन्दै नेताहरूलाई फर्किन सुझाव दिएका थिए । त्यतिमात्र नभएर केही आन्दोलनकारी शिक्षकहरूले उनीहरूविरुद्ध नारावाजी पनि गरेका थिए ।
प्रतिक्रिया