आज सुन तोलामा १४ सय र चाँदीमा २० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो ।
हिजो आइतबार सुन तोलामा एक सय रुपैयाँ बढेर १ लाख ८९ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । हिजो आइतबार तोलामा १ हजार ९ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज सोमबार तोलामा १ हजार ९ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।
प्रतिक्रिया