इङ्लिस प्रिमियर लिग : उपाधि लिभरपुलले जित्यो

काठमाडौं । इङ्लिस प्रिमियर लिगको यो सिजनको उपाधि लिभरपुलले जितेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहम हटस्परलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि सुनिश्चित गरेको हो।
दोस्रो स्थानमा रहेको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई बाँकी पाँच खेलमध्ये मात्र एक अंक आवश्यक थियो। टोटेनहमका डोमिनिक सोलांकेले खेलको १२ औँ मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे । तर त्यो अग्रतालाई जोगाउन टोली असफल रह्यो।
घरेलु टोलीका लागि लुइस डियाजले १६ औं मिनेटमा बराबरी गोल फर्काए। त्यसको ८ मिनेटपछि एलेक्सिस म्याक एलिस्टरको गोलमा लिभरपुल अगाडि लाग्यो। ३४ औँ मिनेटमा कोडी गाक्पोले गोल गरेपछि पहिलो हाफमा ललितपुरलले ३-१ को अग्रता कायम गर्यो।
६३ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको लागि चौथो गोल गरे । डेस्टिनी उडोगीले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलको अग्रता बढ्यो। अन्तिम सिठी बज्नासाथ अनफिल्डमा अविस्मरणीय दृश्यहरू देखिए।
शीर्ष स्थानको लिभरपुल (८२ अंक) ले आर्सनललाई १५ अंकले पछि परेको छ। टोटेनहम लगातार हारसँगै १६औँ स्थानमा यथावत छ। ३४ खेलबाट ८२ अंक जोड्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेल खेलेको आर्सनल ६७ अंकसहित दोस्रो स्थानमा छ।