यू–१९ साफ च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

काठमाडौं ।  भारतमा आयोजना हुने यू–१९ साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीको घोषणा गरिएको छ । २३ सदस्यीय टोलीको अन्तिम छनोट प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठको नेतृत्वमा आइतबार सम्पन्न भएको हो । च्याम्पियनसिप २६ वैशाखदेखि ४ जेठ (९ मेदेखि १८) सम्म आयोजना हुनेछ । नेपाल, भारत र श्रीलंका समूह ‘बी’ मा रहेको छन् । यस्तै, समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।

गोलकिपर : भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बनियाँ ।

डिफेन्डर : रोशन तामाङ, ​रोहन मोक्तान, प्रशान्त मोक्तान, ​कुशाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्वा, सिद्धान्त खड्का ।

मिडफिल्डर : कृष्णबहादुर आले, ​कृष थापा मगर, सरोज डर्लामी, ​लछु थापा, ​सबिनकुमार लुंगेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का ।

फरवार्ड : पवन पाख्रिन, ​धरबेन्द्र कुँवर, सुजन डंगोल, ​प्रसुन तामाङ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर