स्वर्णलक्ष्मी सहकारी ठगीविरुद्ध रविको मुद्दा तयार

काठमाडौं । रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दा पर्सा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको छ । बयान र अनुसन्धान सकिएपछि पर्सा प्रहरीले रास्वपा सभापति लामिछानेविरुद्ध ठगी तथा सङ्गठित अपराधको मुद्दामा कारबाहीको माग गर्दै शुक्रवार प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको बताइएको छ ।

प्रहरीले बुझाएको प्रतिवेदनमा ४१ जनालाई प्रतिवादी बनाइएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । उनका अनुसार दुई वटा मुद्दाको अनुसन्धान सकिएपछि कारबाहीका लागि विभिन्न कम्पनी तथा व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रतिवेदन अगाडि बढाइएको छ ।

त्यसमा कम्पनी र व्यक्तिको उत्तरदायित्वतर्फ १ अर्ब १२ करोड ६५ लाख २६ हजार ३९५ पैसा लिनुपर्ने माग गरिएको छ । यसैगरी स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थासँग १ अर्ब १५ करोड ९१ लाख ४४ हजार, सूर्यदर्शन सहकारी संस्थासँग १ करोड २० लाख र आशा एण्ड इन्टरनेसल प्रालिसँग ३७ लाख ९० हजार ३७९ पैसा फिर्ता लिनुपर्ने प्रहरी प्रतिवेदनमार्फत माग गरिएको प्रहरी प्रवक्ता लम्सालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर