विश्वकप छनोट : को-को परिन् नेपाली टिममा

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले थाइल्यान्डमा हुने आइसिसी महिला विश्वकप एसिया छनोटका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ । क्यानले शुक्रबार घोषित टोलीमा इन्दु बर्मा कप्तानी गर्नेछन् भने पूजा महतो उपकप्तानको रूपमा चयन भएकी छन् ।

टोलीमा इन्दु र पूजासँगै रुविना क्षेत्री, रोमा थापा, बिन्दू रावल, कविता जैशी, सम्झना खड्का, राजमती ऐरी, रुवि पोद्दार, कविता कुँवर, सबनम राई, ईश्वरी विष्ट, मनीषा उपाध्यय र रिया शर्मा समावेश छन् । यो प्रतियोगिता ९ मेदेखि २० मेसम्म थाइल्यान्डमा आयोजना हुनेछ । यसमा नेपालसहित घरेलु टोली थाइल्यान्ड, बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । नेपाल समूह सी मा रहेको छ, जसमा हङकङ र बहराइन छन् । नेपालले पहिलो खेल ९ मेमा हङकङसँग खेल्नेछ । त्यसपछि १० मेमा बहराइन र १३ मेमा हङकङसँग पुन: खेल्नेछ । नेपालले १५ मेमा बहराइनसँग अर्को खेल खेल्दै लिगचरण समाप्त गर्नेछ । हरेक समूहको विजेताले फाइनल राउन्डमा प्रवेश गर्नेछन् । (तस्बिर : फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर