भारतको जम्मु-कश्मीरमा आतंककारी र सुरक्षा बलबीच मुठभेड

(पहलगाममा संलग्न संदिग्ध एक आतंककारी)

काठमाडौं । भारतको जम्मु-कश्मीरको बान्दीपोरामा अहिले आतंककारी र सुरक्षा बलबीच मुठभेड भइरहेको छ। भारतीय सेनाको चिनार कोर्प्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा मुठभेड जारी रहेको जानकारी दिएको छ।

पोस्टमा भनिएको छ, ‘आतंककारीहरूको उपस्थितिबारे विशेष सूचनाका आधारमा भारतीय सेना र जम्मु(कश्मीर प्रहरीले बन्दीपोराको कोल्नेर अजस क्षेत्रमा संयुक्त खोजी अभियान सुरु गरेको छ।’ सेनाका अनुसार आतंकवादीहरूसँग मुठभेड जारी छ। यसअघि बिहीबार जम्मु-कश्मीरको उधमपुरमा सुरक्षाबल र आतंककारीहरूबीच भएको भिडन्तमा एक सैनिक मारिएका थिए। मंगलबार जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमला हुँदा २६ जना मारिएका थिए। जसमा नेपाली युवा सुदीप न्यौपाने पनि छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर