बढ्यो सुनको मूल्य

काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य २ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको भाउमा ७ हजार ५ सय रुपैयाँको भारी गिरावट आएको थियो ।

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य आज ४५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर