नवराज सुवेदी प्रहरीको निगरानीबाट मुक्त

काठमाडौं । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी आज मंगलबारदेखि नजर बन्दबाट मुक्त भएको छ। संयोजक सुवेदीले आज एक विज्ञप्ति जारी गर्दै आफू आजदेखि नजर बन्दबाट मुक्त भई आन्दोलनको नियमति काममा फर्किएको जनाए ।
सरकारले गत चैत १५ गते राजसंस्था पुनःस्थापनाका लागि भएको तीनकुने घटनापछि गौरीघाटस्थित उनको निवासमा नजर बन्दमा राखिएको थियो । तर सरकारले भने उनलाई नजर बन्दमा नराखिएको उल्टो सुरक्षा पदान गर्दै आएको अनौपचारिक बयान जारी गरेको छ । आजदेखि सुवेदीको सुरक्षार्थ खटाइएको प्रहरी टोली फर्किएको छ ।
सुवेदीले विज्ञप्तिमा भनेका छन्, ‘गत चैत्र १५ गतेबाट चौबीसै घण्टा म प्रहरीको निगरानीमा थिएँ । आजको दिनबाट निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको छु । यसबीच मलाई सद्भाव, सहानुभूति राख्ने सबैप्रति आभार व्यक्त गर्दछु ।’