एक तोला सुनको मूल्य दुई लाख नजिक

काठमाडौं ।  अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ ।  त्यसको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबार एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा छ हजार ९०० ले  सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा रु १० ले  बढेको छ । आज चाँदीको मूल्य प्रतितोला  एक हजार ९७० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा  कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर