शिक्षामन्त्रीले राजीनामा दिएतापनि शिक्षकहरूको आन्दोलन जारी

काठमाडौं ।  आज मंगलवार पनि  शिक्षकहरूको आन्दोलन जारी रहेको छ । उनीहरूको आन्दोलनको क्षेत्र माइतीघर-बबरमहल- नयाँ वानेश्वर खण्डमा हो । शिक्षकहरूले गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । केही दिन अघिसम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म मात्र प्रदर्शन गर्दै आएका शिक्षकहरूले केही समय यता प्रदर्शनका कारण निजी तथा सार्वजनिक यातायात सेवासमेत प्रभावित हुँदै आएको छ ।

उनीहरूले प्रदर्शनमा ‘हाम्रो आन्दोलन जारी छ’, ‘शैक्षिक माफियाहरू होशियार’ जस्ता नारा लगाएका छन् । शिक्षमन्त्री विद्या भट्टराईले राजीनामा दिएता पनि उनीहरूको आन्दोलन जारी रहेको छ । आन्दोलनकारी शिक्षकहरूले शिक्षामन्त्रीले राजीना दिएतापनि आफूहरू घर नफर्किने बताएका छन् । उनीहरू एक ढिक्का रहेर आफ्ना मागहरू पूरा गर्नुपर्ने अडानमा देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर