बार्सिलोना विजयी

खेलको ६४ औँ मिनेटमा डानी अल्मोले गोल गरेको खेलमा ६८ औँ मिनेटमा राफिन्हाले बराबरी गोल गरेका थिए ।स्पेनिस ला लिगामा शनिबार भएका अन्य खेलमा एट्लेटिको म्याड्रिडलाई लास पल्मासले १–० ले हराएको छ। रायो भल्कानो र भ्यालेन्सियाको खेल १–१ तथा मालोर्का र लेगानेसको खेल गोलरहित बराबरीमा सकिएको छ ।
तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७३ तथा तेस्रो स्थानमा रहेको एट्लेटिकोको ६३ अङ्क छ । एक खेल कम खेलेको रियल म्याड्रिड ६६ अङ्कसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया