इरान र अमेरिका अर्को चरण वार्ता गर्न सहमत

काठमाडौं ।  इरान र अमेरिका आणविक सम्झौताबारे अर्को चरण वार्ता गर्न सहमत भएका छन्। बीबीसीका अनुसार यो जानकारी ओमानको विदेश मन्त्रालयका प्रवक्ताले दिएका हुन्। शनिबार रोममा ओमानका विदेशमन्त्री हम्माद अल-बुसैदीको मध्यस्थतामा अमेरिका र इरानी प्रतिनिधिमण्डलबीच दोस्रो चरणको वार्ता सम्पन्न भयो।

ओमानी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ वार्तालाई अर्को चरणमा लैजान सहमत भएका छन्। यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले दोस्रो चरणको वार्ता ‘रचनात्मक र प्रगतिशील’ भएको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर