बैशाख १२ गते संसदका दुवै सदनको बैठक आह्वान

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठक आह्वान गरेका छन् ।

हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले आगामी बैशाख १२ गते संसदका दुवै सदनको बैठक आह्वान गरेका हुन् । बैठक दिउँसो १ बजेदेखि बस्नेछ । यो अधिवेशन बजेट अधिवेशन हुनेछ । संविधान मा  जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर