विद्यालय शिक्षा विधेयक पारित नभएसम्म शिक्षकहरू आन्दोलनमा रहने

काठमाडौं ।  शिक्षकहरूले आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै आन्दोलनलाई निरन्तरता दिएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबार पनि शिक्षकहरूले माइतीघरबाट प्रदर्शन गरी बानेश्वर पुगेर धर्ना दिए ।

शिक्षकहरूले निरन्तर आन्दोलन गरेपछि मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यसैअनुरूप राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गरिसकेका छन् । तर महासंघले संघीय संसदको अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित भएपछि मात्रै आन्दोलन रोकिने स्पष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर