इङ्लिस प्रिमियर लिग बर्नमाउथ विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा फुलहामविरुद्ध बर्नमाउथ विजयी भएको छ । गए राति भएको खेलमा बर्नमाउथ १-० ले विजयी भएको हो ।
बर्नमाउथका एन्टोनी सेमेनेउले गरेको गोल नै निर्णायक बन्दा बर्नमाउथ १-० ले विजयी भएको हो । यो जितसँगै बर्नमाउथले अंकतालिकामा फुलहामलाई पछि पारेको छ । ३२/३२ खेलबाट दुवै टिमले ४८/४८ अंक बटुलेको भए पनि बर्नमाउथ आठौँ स्थानमा रहँदा फुलहाम नवौँ स्थानमा छ ।
अंकतालिकाको शीर्ष स्थानमा भने लिभरपुल छ । त्यस्तै आर्सनल दोस्रो, नटिङ्घम फरेस्ट तेस्रो, न्युकासल चौथो तथा म्यानचेस्टर सिटी पाँचौँ स्थानमा छन् ।
प्रतिक्रिया