चट्याङ लागेर एकै परिवारका चार जना घाइते

काठमाडौं । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका-९ साठिमुरेमा चट्याङ लागेर एकै परिवारका चार घाइते भएका छन् । खाँदबारी–९ साठिमुरेमा हावाहुरी तथा पानी सँगै आएको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका हुन् ।
हिजो सोमबार बेलुकी साढे ४ बजे पानीसँगै आएको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । चट्याङ लागेर खाँदबारी-९ साठिमुरेकी कोपिला श्रेष्ठ, १८ बर्षीय छोरा गगन श्रेष्ठ, १८ बर्षीया बुहारी बविता मगर र १३ बर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएको प्रहरी नायव उपरीक्षक बस्नेत बताए । घाइते चारै जनाको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको छ । उपचाररत चारैजना खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया