भक्तपुरमा बिस्का जात्राको उपलक्ष्यमा ५५ हाते लिंगो उभ्याइयो

भक्तपुर। हिजो आइतबार रातभरको प्रयासपछि पनि भक्तपुरको विस्का जात्राको क्रममा उठाउने ५५ हात लामो लिंगो उभ्याउन नसकेपछि आज सोमबार अपराह्न उभ्याइएको छ । भक्तपुरको भेलुखेलस्थित ल्योसिंखेलमा आइतबार रातभर प्रयास भए पनि ल्योसिद्यो (लिंगो) उठाउन सफल नभएको हो। आइतबार राति १ बजेसम्म पनि आधी मात्रै उठाएको थियो। ५५ हात लामो लिंगो उठाउन निकै कसरत गर्नुपरेको थियो । आजै उठाइएको लिंगोलाई आज साँझ ढाल्ने परम्परा रहेको छ । लिंगो उभ्याइएसँगै भक्तपुरका स्थानीय देवदेवीको खट जात्रा पनि प्रारम्भ भएको छ ।
प्रतिक्रिया