काठमाडौंको बौद्ध क्षेत्रमा लुटपाट गर्ने १८ जना युवा पक्राउ

काठमाडौं ।  काठमाडौंको बौद्ध क्षेत्रमा रहेर लुटपाट गर्ने १८ जना युवालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । चैत २७ गते जग्गा बैना गर्ने भनेर बोलाई नवराज खनाललाई उनीहरूले लुटपाट गरेको प्रहरीले जनाएको छ ।

बौद्ध बस्ने ४२ वर्षीय रितेश लामाको नगद रु ६० लाख लुटी फरार भएपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो । लुटपाटमा संलग्न भई पक्राउ पर्नेहरूमा तार्केश्वर नपा लोलाङ बस्ने वर्ष २३ को राज पराजुली, रामेछाप खाँडादेवी गापा वडा नं ४ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नपा -४ बस्ने वर्ष २३ को प्रभास केसी भन्ने हरि राम खत्री, सोही गाउँका वर्ष २८ को सार्की माझी, रामेछाप खाँडादेवी गापा ८ घर भई हाल कागेश्वरी मनोहरा नपा ८ गोठाटार बस्ने वर्ष २० को राजेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै गरी सोलुखुम्बु लिखु पिके नपा ९ घर भई हाल काठमाडौं ३२ बस्ने वर्ष २६ को कुशल बस्नेत, काभ्रेपलान्चोक रोशी गापा ५ घर भई हाल नयाँ बानेश्वर बस्ने वर्ष ३५ को रञ्जित लामा, तार्केश्वर लोलाङ बस्ने वर्ष २१ को सुयोज लामा, रामेछाप दोरम्बा गापा ४ घर भई काठमाडौं बस्ने वर्ष ३७ को उत्तम मगर, सोही गाउँका वर्ष २८ को राजु मगर, वर्ष २६ को टिका बहादुर मगर, वर्ष ३४ को रमेश बहादुर मगर, वर्ष २९ को लब बहादुर मगरलगायत रहेका छन् । उनीहरूलाई लुटपाट आपराधिक कार्य गर्ने कसुरमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर