चारदेशीय टी-२० सिरिज : नेपाल फाइनलमा

काठमाडौं ।  हङकङमा जारी चारदेशीय टी-२० सिरिजको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनलमा पुगेको छ। हङकङको मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोलीले नौ ओभर बलिङ गर्दा भएको वर्षा नरोकिएपछि एक-एक अंक बाँड्दा नेपाल फाइनलमा पुगेको हो।

अंक बाँडिदा नेपाल पाँच अंकसहित पहिलो स्थानमा हुँदा कुवेत चार अंकसहित दोस्रो स्थानमा छ। अब आइतबार हुने फाइनल खेलमा नेपालले कुवेतको सामना गर्नेछ। यसअघि नेपालले कुवेतलाई छ विकेटले पराजित गरेको थियो। फाइनल खेल भोलि विहान सवा ११ बजेबाट सुरू हुनेछ। त्यसअघि तेस्रो स्थानका लागि भोलि विहान पौने सात बजे अर्को खेल हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर