दुर्गा प्रसाईंमाथि तीन वटा कसुर लगाइने

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईँविरुद्ध तीन वटा कसुरमा अनुसन्धान सुरु गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ७ अनुसार राज्यविरुद्धको कसुर, सङ्गठित अपराध, र ज्यान मार्ने उद्योगसम्बन्धी कसुर दर्ता गरिएको हो ।
एसएसपी विश्व अधिकारीका अनुसार अनुसन्धानको क्रममा अन्य कसुरहरू पनि थपिन सक्नेछ । चैत १५ मा प्रसाईँले चलाएको गाडीले प्रहरीलाई किच्न खोजेको आरोप छ । उनी र उनका सुरक्षा गार्ड झापा भद्रपुरबाट पक्राउ परेका हुन्, तर उनी भारतको आसामबाट पक्राउ परेका थिए ।
तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने निजी सम्पत्तिमा क्षति पुगेको थियो । सो प्रदर्शनमा पूर्वराजा समर्थक अभियान ‘संयुक्त जनआन्दोलन समिति’ प्रमुख नवराज सुवेदी पनि सहभागी थिए ।