कमान्डर दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइयो

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइएको छ । प्रहरीले उनलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर बुद्ध एअरको जहाजमार्फत शुक्रवार काठमाडौँ ल्याएको हो ।
दुर्गा प्रसाईँविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी गरिएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमान्डर प्रसाईँले प्रदर्शनका क्रममा आफैँले चलाएको गाडीले प्रहरी अगाडि नै चलाउँदै अघि बढेका थिए ।
प्रसाईँलाई आज नै म्याद थप गर्ने तयारी भइरहेको छ । अहिले प्रहरीले म्याद थपका लागि आवश्यक कागजात तयार गरिरहेको छ । भारतबाट नियन्त्रणमा लिएर प्रहरीले प्रसाईँलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो ।
जहाजमा रहेका यात्रुले बनाएको भिडियोमा उनले भनेका छन्, ‘मैले पिर मानेको छैन है।’ लगत्तै भिडियो बनाउने बोल्छन्, ‘पिर मान्नु नि हुँदैन है सर।’ यसअघि उनले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग ‘यो तस्करविरुद्धको लडाइँ हो हैन, आफैँ पक्राउ देको है फेरि’ भनेका थिए।