भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु

काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आज बिहीबारदेखि सुरु भएको छ । प्रसिद्ध पाँचतले मन्दिर टौमढी अगाडि भैरवनाथको रथ आज दिउँसो तानिने छ । विक्रम संवत् नयाँ वर्ष आगमनको तीन दिन अगाडि प्यागोडा शैलीमा बनाइएको तीनतल्ले काठको ३० फिट अग्लो भैरवनाथको रथलाई दुवैतिरबाट डोरीले तान्ने गरिन्छ ।
जात्राको पहिलो दिन आज नेपाल भाषामा “द्यो क्वहँ विज्याइगु” अर्थात् भगवान् भैरवनाथ आरुढ रथ तल्लो टोल सवारी हुने भन्ने बुझिन्छ । शान्तिपूर्ण रूपमा जात्रा मनाउन गुठी संस्थान र भक्तपुर नगरपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ । जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत देशका विभिन्न भागबाट हजारौं मानिसहरू भक्तपुर आउने गर्दछन् । यो जात्रा आगामी वैशाख ५ गतेका दिन भैरवनाथको रथ तानेर समापन हुने गर्दछ ।
विस्का जात्राको मुख्य आकर्षण भनेको ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु हो । जात्राको चौथो दिन अर्थात् चैत ३१ गते ूथानीय ल्योसिङख्योमा तान्त्रिक रू विधिपूर्वक ५५ हाते लिङ्गो उभ्याएर वीरध्वज र विश्वध्वज (हलिँपत) झुन्ड्याउने परम्परा रहेको छ । तलेजु मन्दिरपरिसरमा रहेको द्विमाजु, बाराही अजिमाको टिप्वा जात्रा र खौमा टोल स्थित इन्द्राणीदेवीको खट जात्रा बिस्कार जात्राको अर्को आकर्षण हो । समेत गर्ने परम्पररा छ ।नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्का जात्रालाई भव्य र सभ्यरूपमा मनाउन जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं एसपी माधव बुढाथोकीले आग्रह गरेका छन् ।
बिं स्यात् अर्थात् नागनागीन मर्यो भन्ने भावका आधारमा लिच्छवीकालदेखि यो जात्रा मनाउँदै आएको हो । लिंगोमा फह र्याइने ‘बिँ’ को अर्थ सर्प र ‘स्यात’ को अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केट आदिको नामले प्रचलित रहेको छ । स्थानीय जात्रालुले रथको अगाडि–पछाडि डोरी तानातान गरेर आ–आफ्नो टोलमा लैजान खोज्छन् । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोलमा जहाँ लैजान सकिन्छ, लैगएको त्यो टोल विजय भएको मानिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो । रथलाई स्थानीय गःहिटी टोलमा पुर्याएपछि जात्रा को पहिलो दिनको सम्पन हुने परम्परा रहेको छ ।