नेपाल बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी

काठमाडौं ।  नेपाल बार एसोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । बिहीबार आएको अन्तिम मतपरिणाम अनुसार उनी प्रत्यासी रमणकुमार श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका हुन् । मिश्र ५०५२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका माओवादीनिकट कानून व्यवसायी समूहका २६२१ मतमा रोकिए। दुई जनाबीचको मतान्तर २४३१ छ।

त्यस्तै महासचिवमा कांग्रेस -एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४ भोट ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २३६७ भोटमात्र ल्याए । यसैगरी उपाध्यक्षमा (कोशी) पदमप्रसाद लिम्बू, उपाध्यक्ष (मधेश) अजयशंकर झा, उपाध्यक्ष (बागमती) तेजबहादुर रावल, उपाध्यक्ष (गण्डकी) भूपेन्द्र खनाल, उपाध्यक्ष (लुम्बिनी) कृष्ण प्रसाद पोख्रेल, उपाध्यक्ष (कर्णाली)  विवसकुमार बस्नेत र उपाध्यक्ष  (सुदूरपश्चिम) सिद्धराज ओझा निर्वाचित भएका छन् । उपाध्यक्ष (महिला, खुल्ला) तर्फ सरस्वती श्रेष्ठ र कोषाध्यक्षमा जगतबहादुर कार्की विजयी भएको निर्वाचन समितिले जनाएको छ ।  शनिबार भएको बारको चुनावमा ९९५७ मतदातामध्ये करिब ८० प्रतिशत मतदान भएको थियो ।

bar-chunab-final-2-1744269992.jpg

bar-chunab-final-1-1744269985.jpg


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर