सुनको मूल्यमा अत्यधिक वृद्धि, प्रति तोला १ लाख ८१ हजार १ सय रुपैयाँ

काठमाडौं । सुनको मूल्यमा अत्यधिक वृद्धि भएको छ। अघिल्लो दिन तोलामा दुई हजार बढेको सुन आज एकै दिन पाँच हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन प्रति तोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ ।
सुनको यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो। त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ। अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया