आइपिएलमा गुजरात टाइटन्स अङ्क तालिकाको शीर्ष स्थानमा

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई पराजित गर्दै गुजरात टाइटन्स अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाँचौ खेलमा गुजरात लगातार चौंथो जित सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

बुधबार राति भएको खेलमा गुजरातले राजस्थानमाथि ५८ रनको प्रभावसालि जित निकाल्यो । अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विके गुमाएर २ सय १७ रन बनाएको थियो । जवाफमा राजस्थान १९.२ ओभरमा अलआउट हुँदै १ सय ५९ रनमा समेटियो ।

राजस्थानका लागि सिम्रन हेटमेयरले ५२ रन बनाउँदा कप्तान सन्जु स्यामसनले ४१ रन बनाएका थिए । उनी बाहेक थप दोहोरो स्कोरका रुपमा रियान परागको २६ रन रह्यो । अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन् । राजस्थानलाई अलआउट गर्ने क्रममा प्रसिद्ध कृष्णले ३ विकेट लिंदा रसिद खान र साइ किशोरले समान २-२ विकेट लिंदा मोहम्मद सिराज, अर्सद खान र कुलवान्त खेजरोलियाले १-१ विकेट लिए ।

त्यसअघि पिहले ब्याटिङ गरेको गुजरातले ओपनर साइ सुदर्शनको ८२ रनको सानदार इनिङमा उच्च स्कोर बनाएको थियो । उनीबाहेक जोस बटलर र साहरुख खानले समान ३६-३६ रन बनाउँदा राहुल टेवाटियाले २४ रन बनाएका थिए । त्यस्तै रसिद खानले १२ रन बनाए ।  हारपछि राजस्थान पाँच खेलपछि २ जित सहित तालिकाको सातौं स्थानमा रहेको छ ।  प्रतियोगितामा आज चार खेलमा तीन जित निकालेको बैंगलोर र तीन खेलमा तीन जितसहित एक्लो अपराजित टोली दिल्लीबिच प्रतिस्पर्धा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर