हात उठाएर शिक्षकहरूको विरोध प्रदर्शन

काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीले बुधबार हात उठाएर सांकेतिक विरोध गरेका छन् । बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीले एकै पटक हात उठाएर प्रदर्शन गरेका हुन् ।
उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर दबाब दिएका हुन् । यसअघि उनीहरूले कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिटी फुकेर, मौन भएर, सडकमै सुतेर, दिउँसै बत्ती बालेर पनि प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया