आज बुधबार नेप्से साढे ९ अंकले वृद्धि

काठमाडौं ।  लगातार दुई कारोबार दिन घटेको नेप्से बुधबार सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनमा ३७ अंकले घटेको नेप्से बुधबार साढे ९ अंकले बढेको हो । बजार बढेपछि अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने गिरावट आएको छ ।

बुधबार नेप्से परिसूचक ९.६६ अंक बढेर २६७६.२८ विन्दुमा पुगेको छ । ३१७ कम्पनीको कारोबार भएको बजारमा १५४ कम्पनीको शेयरमूल्य बढेपछि नेप्से उकालो लागेको हो । यसदिन कारोबारमा आएका ९० कम्पनीको शेयर मूल्य भने घटेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ३० करोडको शेयर खरिदबिक्री भएकोमा बुधबार ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी र उत्पादन तथा प्रशोधन  उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।

यस दिन नेपाल माइक्रो इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भई हिजो अर्थात मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो। त्यस्तै, यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशत बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्यसर्वाधिक ७.४७ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४२ करोड ७५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री  भएको छ ।

१५४ कम्पनीको शेयरमूल्य बढेपछि नेप्से साढे ९ अंकले उक्लियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर