आज बुधबार सुन तोलामा दुई हजार रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनकाे मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा दुई हजार रुपैयाँले बढेको हो ।

छापावाल सुनको मूल्य तोलाको १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन तोलामा १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर