अछामको सुन्दर जयगढ बजारमा आगलागीबाट व्यापक क्षति

काठमाडौं । अछाम बान्निगढी जयगढ गाउँपालिकास्थित सुन्दर जयगढ बजारमा आगलागीले ठूलो क्षति पुर्‍याएको छ । आगलागीमा २७ वटा घर जलेका छन् । ३० घर प्रभावित भएका छ। ११ वटा पसल पूर्ण रूपमा क्षति भएको छ। सात करोडभन्दा बढीको धनमाल नष्ट भएको छ ।

सुन्दर जयगढ मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विस्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । साँझ ७:२० बजेदेखि लागेको आगो मध्यरातमा नियन्त्रणमा आएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर