टी-२० सिरिज : कतारविरुद्ध नेपाल आठ विकेटले विजयी

काठमाडौं ।  आजबाट हङकङमा सुरु भएको चार देश सम्मिलित टी-२० सिरिजको पहिलो खेलमा नेपाल आठ विकेटले विजयी भएको छ। कतारले दिएको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले आक्रामक पारी खेले। उनीहरूले पहिलो विकेटका लागि ५.४ ओभरमा ८१ रनको साझेदारी गरे।

कुशलले १९ बलमा चार चौका र तीन छक्काको मद्दतमा ३८ रन जोड्दा आशिफले २१ बलमा चार छक्काको मद्दतमा ३३ रन बनाए। प्लेयर अफ दि म्याचको उपाधि पनि कुशलले नै पाए। कप्तान रोहित कुमार पौडेलले २९ बलमा दुई चौका र एक छक्काको मद्दतमा ३७ रन बसीर अहमदले ३३ बलको सामना गर्दै ३० रन जोडे। उनीहरु दुवै अविजित रहे। कतारका लागि मुजीब उर रहमानले दुई विकेट लिए। आजको खेलमा नेपालको तर्फबाट नन्दन यादव टी२०मा डेब्यु गरे।

त्यसअघि मिसन रोड ग्राउन्डमा टस हारेर पहिला ब्याटिङमा तानिएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५१ रन जोड्यो। उसका लागि कप्तान इक्रमुल्लाह खानले ५४ रनको अर्धशतकीय पारी खेल्दा साहजैब जमिलले ३१, मुजीब उर रहमानले नटआउट २०, मोहम्मद इरसादले नटआउट १८, अरुमङ्गागणेश नागार्जन १३ रनमा आउट भए। बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललित राजवंशीले एक-एक विकेट लिए। नेपालको अर्को खेल भोलि विहान पौने सात बजे कुवेतसँग छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर