अमेरिकामा “ह्यान्ड्स अफ” आन्दोलनले राष्ट्रपति ट्रम्प र एलोन मस्कलाई धक्का

काठमाडौं ।  अमेरिकामा आजकल, “ह्यान्ड्स अफ” आन्दोलनको प्रतिध्वनि जताततै सुनिन्छ। देशका ५० राज्यका १२ सयभन्दा बढी स्थानमा हजारौं मानिस सडकमा उत्रिएका छन् । यस आन्दोलनको निशानामा राष्ट्रपति डोनाल्ड ट्रम्प मात्र होइन, अर्बपति एवं उद्योगपति एलोन मस्क पनि छन् । प्रदर्शनकारीहरूले ट्रम्पको नीतिले देशको लोकतान्त्रिक प्रणाली, नागरिक अधिकार र सामाजिक न्यायको मूल्यमा आँच पुर्‍याएको आरोप लगाएका छन् ।

किन सुरु भयो ह्यान्ड्स अफ आन्दोलन ?

ूह्यान्ड्स अफू आन्दोलनको सुरुवात अमेरिकी जनतामा बढिरहेको क्रोधको परिणाम हो, जुन अहिले सडकमा देखिन थालेको छ। ट्रम्प र इलोन मस्कजस्ता प्रभावशाली व्यक्तिले आफ्ना निर्णयबाट आम नागरिकको अधिकार, सुरक्षा र स्वतन्त्रतामा खलल पुर्‍याइरहेको जनताको भनाइ छ । प्रदर्शनकारीहरूले स्पष्ट रूपमा भनेका छन् कि उनीहरू अमेरिका चाहँदैनन् जहाँ पुस्तकहरू प्रतिबन्धित छन्, स्वास्थ्य सेवा काटिएको छ र समाजको सीमान्तमा रहेका मानिसहरूलाई अपराधीहरू जस्तै व्यवहार गरिन्छ।

देशभर चर्को विरोध

न्यूयोर्कको मिडटाउन म्यानहट्टनदेखि अलास्काको एन्कोरेजसम्म, मानिसहरू देशको लगभग हरेक कुनामा सडकमा उत्रिए । हजारौं मानिसहरूले लस एन्जलस र पोर्टल्याण्डमा ूह्यान्ड्स अफू ब्यानर र पोस्टर बोकेर जुलुस निकालेका थिए। आन्दोलनकारीले नगरपालिका हलदेखि सार्वजनिक स्थलसम्म पैदलयात्रा गरी विरोध जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर