आमसभामा सरकारी घुसपैठ भए प्रतिकार गर्ने तयारी : राप्रपा

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बल्खुमा बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा गर्दैछ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको कार्यक्रम प्रशासनले अनुमति नदिएपछि बल्खु सारिएको हो । राप्रपाले आजको आमसभालाई शान्तिपूर्ण बनाउन स्वयंसेवक खटाउने र आमसभामा सरकारी घुसपैठ भए प्रतिकार गर्ने तयारी गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाइ रोक्न बिहान ९ बजेदेखि नै स्वयंसेवक खटाइने बताएका छन् । राप्रपा हिंसामा विश्वास नगर्ने भएकाले आफ्नो पार्टीले गर्ने प्रदर्शन शान्तिपूर्ण हुने लिङदेनले बताएका छन् । गत १५ गतेको राजावादी आन्दोलनका क्रममा अराजक गतिविपिध गरेको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा लगायत हाल हिरासतमा रहेका छन् ।

विभिन्न विरोध प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावित हुने गरेको छ । आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकताअनुसार सवारी साधन डाइभर्सनको व्यवस्था मिलाएको छ । सोमबार सूचना जारी गर्दै प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानबारे जानकारी गराएको थियो ।

ट्राफिक प्रहरीका अनुसार निम्न स्थानमा डाइभर्सन गरिनेछ:

मुख्य डाइभर्सन हुने स्थानहरू:

खसिबजार – मकालु – कलंकी चोक – बाफल
बल्खु चोक – कुलेश्वर – कालीमाटी चोक – टेकु
किर्तिपुर – सुन्दरीघाट – सानेपा – एकान्तकुना
आवश्यकताअनुसार थप डाइभर्सन गरिन सक्ने सम्भावित स्थानहरू:

त्रिपुरेश्वर
बालाजु
हलचोक
नैकाप
सितापाईला
चोभार
फर्पिङ
नख्खु दोबाटो
कोटेश्वर

पार्किङका लागि तोकिएका स्थानहरू:

टियू गेटदेखि चोभार सडक खण्ड
सानेपा करिडोर सडक (दुबै तर्फ)
चोभार सुख्खा बन्दरगाह
नयाँ बसपार्क
सीतापाइला–बाफल सडकको एक लेन

यसका साथै, नेपाल शिक्षक महासंघले माइतिघर मण्डलामा भेला भइ बानेश्वर र माइतीघर सडक खण्डको बीचमा कार्यक्रम गर्ने र सहकारी तथा लघुवित्त पिडितले शान्तिबाटिकामा धर्ना दिने जानकारी प्राप्त भएकाले ती क्षेत्रहरूमा समेत सवारी व्यवस्थापन परिवर्तन हुन सक्ने ट्राफिक महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर