राप्रपाले चैत २६ गते भृकुटी मण्डपमा आमसभाका लागि अनुमति पाएन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २६ गते गर्ने भनिएको प्रदर्शनी मार्ग भृकुटी मण्डपमा आमसभाका लागि अनुमति मागेपनि सुरक्षाको कारण देखाउँदै काठमाडौं जिल्ला प्रशासनले स्विकृति रद्ध गरिदिएको छ ।

काठमाडौं जिल्ला प्रशासनले राप्रपाले प्रदर्शनी मार्ग भृकुटी मण्डपमा आमसभाका लागि अनुमति मागेपनि सुरक्षाको कारण देखाउँदै सिफल चौर वा बल्खु क्षेत्रमा कार्यक्रम गर्न अनुमति दिएको हो ।

‘काठमाडौंको प्रदर्शनी मार्ग भृकुटी मण्डपमा कार्यक्रम आयोजना गर्न अन्य आन्दोलनका कार्यक्रमहरु ९शिक्षकहरुको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमहरु लगायत पूर्व निर्धारित कार्यक्रमहरु०पनि भइरहेको हुँदा सुरक्षा संवेदनशिलताका हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ’ पत्रमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर