शिक्षकहरूद्वारा आम शैक्षिक हडतालको घोषणा

काठमाडौं । आफ्ना मागहरूको सन्दर्भमा सरकारले कुनै सुनुवाई नगरेका कारण आन्दोलनरत शिक्षकहरूले आम शैक्षिक हडताल घोषणा गरेका छन् । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हडताल घोषणा गरेका हुन् ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालय बन्द गरी सडक आन्दोलनमा काठमाडौं आउन शिक्षकहरूलाई आह्वान गरेका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा आज प्रकाशित विज्ञप्तिमा ‘यो आन्दोलनलाई सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको छ । अब देशभरका सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक–कर्मचारी साथीहरूलाई आग्रह गर्दछौं’, उल्लेख गरिएको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू गत माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् । उनीहरूले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

null


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर