आज सुन प्रति तोला १९ सय र चाँदीमा ७० रुपैयाँ घट्यो

काठमाडौं ।  सुनको मूल्य १९ सय रुपैयाँले घटेको छ । गत शुक्रबार १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार १ हजार ९सय रुपैयाँले घटेर प्रति तोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार १ हजार ८ सय ७० रुपैयाँ प्रति तोला कारोबार भएको चाँदी आइतबार भने १  हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर