काठमाडौंमा सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु

काठमाडौं ।  सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु भएको छ। काठमाडौं उपत्यकामा मात्र मनाइने सेतो मछिन्द्रनाथको रथ जात्रा अनुसार मछिन्द्रनाथको रथ हिजो शनिबार साँझ जमलको तीन धाराबाट तानेर असनसम्म लगियो । उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलनअनुसार रथलाई नगर घुमाएर असन लगिएको हो।

वर्षा र सहकालका देवता मानिने सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ। रथ यात्राको दोस्रो दिन भोलि असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्‍याइन्छ। चौथो दिन लगनमा रथ घुमाइन्छ ।पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म पुर्‍याएपछि जात्रा सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर