रियल मड्रिड भ्यालेन्सियासँग पराजित

काठमाडौं ।  स्पेनिस ला लिगामा रियल मड्रिड भ्यालेन्सियासँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा रियाल भ्यालेन्सियासँग २-१ ले स्तब्ध भएको हो । पराजित भएसँगै मड्रिडको उपाधि दौडमा धक्का लागेको छ ।

भ्यालेन्सियाका लागि माउक्तार डियाखाबीले १५औं मिनेटमा गोल शुरूआती गोल गरेका थिए । ५०औं मिनेटमा भिनिसियसले रियलका लागि बराबरी गोल फर्काएका थिए । हृयुगो डुरोले इन्ज्युरी समयमा निर्णायक गोल गरेपछि रियल घरेलु मैदानमै स्तब्ध बनेको हो । अर्को खेलमा बार्सिलोनाले रियल बेटिससँग १-१ को बराबरी खेल्यो । रियलको ३० खेलमा ६३ अंक छ । शीर्ष स्थानको बार्साले समान खेलमा ६७ अंक जोडेको छ । भ्यालेन्सिया ३४ अंकका साथ १५औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर