आज देशका केही भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा केही स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
काठमाडौंको मौसम सफा रहने मौसमविद् रोजन लामिछाने बताउँछन् । “काठमाडौंमा आज मौसम सफा रहनेछ । दिनभर घाम लाग्नेछ,” मौसमविद् लामिछानेले भने, “उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । केही थोरै भू-भागमा वर्षा हुन पनि सक्छ । तर, वर्षाको सम्भावना निकै न्यून छ ।”