अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन

काठमाडौं । भारतीय चलचित्र अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन भएको छ । देशभक्तिपूर्ण विषयवस्तुमा आधारित हिन्दी भाषाका चलचित्रमा अभिनय गरेका ‘भारत’ कुमारको नामले प्रसिद्ध अभिनेताको हिजो शुक्रबार राति मुम्बईमा निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मनोज कुमारमुटुसम्बन्धी समस्याबाट पीडित थिए । ‘उपकार’, ‘पूरब और पच्छिम’, ‘क्रान्ति’ लगायत देशभक्तिपूर्ण विषयवस्तुका थुप्रै चलचित्रमा मनोज कुमारले अभिनय गरेका थिए ।

हिन्दी सिनेमाका लागि अभिनेता, फिल्म निर्देशक, पटकथा तथा गीत लेखनका साथै सम्पादकका रूपमा उनको योगदान थियो । अभिनेता कुमारले भारतको सर्वोच्च सम्मान दादासाहेब फाल्के पुरस्कारसहित राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिवंगत अभिनेता कुमारलाई भारतीय सिनेमाको ‘प्रतीक’ को संज्ञा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर