सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार सुन एक लाख ७६ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको थियो । आज एक हजार एक सय रुपैयाँले बढेको हो । यो अहिले सम्मकै उच्च मूल्य हो । चाँदीको मूल्य पनि सामान्य अंकले बढेर दुई हजार २५ बाट दुई हजार ३५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर