रास्वपाले तीनकुने घटनाबारे न्यायिक छानबिन आयोग गठनको माग गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीनकुने घटनाबारे न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ।

आज बसेको केन्द्रीय सचिवालय )भर्चुअल) बैठकले यस्तो माग गरेको हो। काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा भएको घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित् कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले बताए।

यस्तै, बैठकले पार्टीको केन्द्रीय समिति बैठक चैत्र १८ गते पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने निर्णय पनि गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर