सामाजिक सञ्जालमा हिंसात्मक गतिविधि पोष्ट नगर्न अनुरोध

काठमाडौं । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूमा अशान्ति र हिंसात्मक गतिविधि फैलाउने खालका अभिव्यक्तिहरू पोस्ट भइरहेको भन्दै त्यसो नगर्न नेपाल प्रहरीको साइबर ब्युरोले अुनरोध गरेको छ । शुक्रबार गणतन्त्रवादी र राजावादीहरुले प्रदर्शन सुरु भइरहँदा ब्युरोले सामाजिक सञ्जालमा संयमित हुन सूचना जारी गरेको हो ।
ब्युरोले हाल सामाजिक सञ्जाल प्लाटफर्महरूमा अशान्ति र हिंसात्मक गतिविधि फैलाउने खालका अभिव्यक्तिहरू पोस्ट गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्नेजस्ता कार्यहरू भईरहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता गतिविधिहरूले समाजमा हिंसात्मक वातावरण सिर्जना गरी सामाजिक सद्भाव र राष्ट्रको सुरक्षा व्यवस्थासम्म गम्भीर असर पार्न सक्ने सूचनामा उल्लेख छ । ब्युरोले यस्ता गतिविधिहरूमा संलग्न नहुन र भ्रामक सूचना सम्प्रेषण नगर्न आम नागरिकलाई अनुरोध गरेको हो ।