पूर्वराजा ज्ञानेन्द्र सक्रिय, निर्मलनिवासमा चहलपहल

काठमाडौं । राजावादीले भोलि चैत १५ गते घोषणा गरेको शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा चहलपहल बढेको छ । निर्मल निवासमा राजावादीहरु र पूर्वपञ्चहरुको सक्रियता बढेसँगै पूर्वराजा शाहले विभिन्न व्यक्तिहरुसँगको भेटघाटमा व्यस्त रहेका छन् । राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा काठमाडौंमा भोलि हुने प्रदर्शनको सन्दर्भलाई लिएर पूर्वपञ्च एवं राजसंस्था पुनःस्थापनाका लागि गठित जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा शाहलाई भेटेका छन् ।

उनले हिजो (बुधबार) निर्मल निवास पुगेर पूर्वराजा शाहसँग भेट गरेको बताइएको छ। गत फागुुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई साथ दिन आग्रह गरेपछि राजावादीहरु उत्साहित भएका थिए ।  गत फागुन २५ मा पूर्वराजालाई विमानस्थलमा स्वागत गर्न पुगेका जनताको उल्लासमय उपस्थितिपछि राजावादीहरुले आन्दोलनलाई निरन्तरता दिने बताइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर